काठमाडौँ । त्रिभुवन विश्वविद्यालय महाराजगन्ज नर्सिङ क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका विन्दु पोखरेल निर्वाचित भएकी छन्। उनले २६० मत प्राप्त गर्दै निर्वाचन भएकी हुन्। उनका प्रतिद्वन्द्वी अनेरास्ववियुकी मनकुमारी बुढाले २५९ मत प्राप्त गरिन।
अनेरास्ववियुले भने मतगणनामा धादली भएको जनाएको छ। दुवै उम्मेदवारले समान २५९–२५९ मत पाएको तर, निर्वाचन समितिले धाँधली गरेर पोखरेललाई एक मत बढी ल्याएको जनाएको भन्दै अनेरास्ववियुले विरोध गरेको हो।
‘दुवै जनाको २५९-२५९ मत आएको थियो । निर्वाचन समितिले नेविसंघको एक मत बढी देखाएर जवरजस्ती निर्वाचित गराएको हो,’ अनेरास्ववियु नेता तथा निवर्तमान स्ववियु अध्यक्ष नोबिना बस्नेतले भनिन्।
अनेरास्ववियुले समानुपातिकको मतगणना समेत बहिस्कार गरेको छ। उनीहरूले मत गणनामा धाँधली भएको भन्दै त्यसलाई सच्याउनुपर्ने माग गरेका छन्।







































