वि.सं.२०८३ जेठ ११ सोमवार

नेपाल कमर्श क्याम्पस मिनभवनको स्ववियु सभापतिमा अनेरास्ववियुका विशाल रोकाहा विजयी, सचिव र कोषाध्यक्ष नेविसंघले जित्यो

khanepani

काठमाडौं । नेपाल कमर्श क्याम्पस मिनभवनको स्ववियु सभापतिमा अनेरास्ववियुका विशाल रोकाहा विजयी भएका छन् । उनी एक हजार ५३ मतसहित सभापतिमा विजयी भएका हुन् ।

अध्यक्ष पदका निकटतम प्रतिस्पर्धी नेविसंघका रविन वलीले ८६० मत पाए । यसैगरी अखिल क्रान्तिकारीका काशीराम जैसी (घोडासैनी)ले १७९ र अखिल समाजवादीका सलुन खड्का (रकेट)ले ५७ मत पाए ।

सचिव पदमा नेविसंघकी ज्ञानु दाहाल विजयी भइन् । उनले ९९४ मत पाएर विजयी हुँदा अनेरास्ववियुका मिलन ओझाको पक्षमा ९२९ मत पर्‍यो ।

सन्देश कुमार थिङले ११० र दिपक खड्काले १०७ मत पाए ।

कोषाध्यक्षमा पनि नेविसंघका उम्मेदवार विजयी भए । नेविसंघका सुशील खड्का १०७७ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका सौगात पुरीले ९३९ मत पाए ।

अखिल क्रान्तिकारी बहुमतकी सम्झना खड्काले १४० र राप्रविसंघका चक्रे चलाउनेले ३७ मत पाए ।

ranechhap