वि.सं.२०८३ जेठ १७ आइतवार

एसईई परीक्षा प्रक्रियामा मधेस सरकार सामेल नहुने मुख्यमन्त्रीको घोषणा, केन्द्राध्यक्ष छनौटमा असन्तुष्टि

khanepani

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले एसईई परीक्षा प्रक्रियामा प्रदेश सरकार सामेल नहुने घोषणा गरेका छन् ।

मुख्यमन्त्री सिंहले पत्रकार सम्मेलन गरेर एसईई परीक्षा प्रक्रियामा सामेल नहुने घोषणा गरेका हुन् । उनले प्रदेश सरकार र संघ सरकारको निर्देशनलाई चुनौती दिनेगरी केन्द्राध्यक्ष चयन गरिएकोमा आपत्ति जनाएका छन् ।

उनले संघ, प्रदेश र स्थानीय सरकारबीचको सहकार्य, समन्वय र सह अस्तित्व भविष्यमा सुदृढ हुने अपेक्षा गर्दै यसपटकको एसइई परीक्षा प्रक्रियामा प्रदेश सरकार सामेल नहुने जानकारी गराए ।

मुख्यमन्त्री सिंहले आठै जिल्लाका एसईई परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारीको भेला बोलाएर गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन गर्न निर्देशन दिएका थिए । तर, निर्देशन विपरित केन्द्राध्यक्ष छानिएको भन्दै उनको असन्तुष्टि थियो ।

मुख्यमन्त्री सिंहले संघ र प्रदेशको निर्देशनविपरीत केन्द्राध्यक्ष तोकिएको विषयमा गहिरो छानबिन गरी त्यसभित्रका अन्तरवस्तु केलाए परीक्षा प्रणालीलाई मयार्दित बनाउन सम्बद्ध पक्षको ध्यानाकर्षण गराएका छन् ।

ranechhap