काठमाडौं । विश्व फुटबलको प्रशासकीय निकाय फिफा तथा युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले आधिकारिकता प्रदान नगरेको लिगमा खेल्ने क्लबले इटालीमा घरेलु लिगमा खेल्न नपाउने भएका छन् ।
विवादास्पद युरोपियन सुपर लिग ९इएसएल० का कारण उत्पन्न परिवेशमा इटालियन फुटबल फेडेरेशन ९एफआजिसी० ले नयाँ नियम पारित गरेको छ । सो नियम अनुसार ‘ब्रेकअवे’ प्रतिस्पर्धामा सामेल हुने क्लबहरुले सिरी ए मा खेल्न पाउने छैनन् ।
इएसएल चौतर्फी विरोध र आक्रोशपछि तत्कालका लागि भंग भएको छ ।
तर अझै पनि युभेन्टस तथा स्पेनिस क्लबहरु बार्सिलोना र रियल मड्रिडले सो परियोजनाबाट आफूहरु बाहिरिएको घोषणा गरेका छैनन् ।
सिरी ए का इन्टर मिलान र एसी मिलानले पनि इएसएलका लागि सहमति गरेका थिए ।
राष्ट्रिय लिगमा दर्ता रहेका क्लबहरुले निजी तथा अनौपचारिक प्रतिस्पर्धामा सामेल नहुने प्रतिवद्धता जनाउनु पर्ने नियम एफआइजिसीले पारित गरेको हो ।
प्रिमियर लिगका ६ तथा इटाली र स्पेनका ६ क्लब मिलेर घोषणा गरेको इएसएलले विश्व फुटबलमा तरंग पैदा गरेको थियो । सबै क्षेत्रबाट आलोचना भएपछि सो योजना तत्कालका लागि तुहिएको छ ।