वि.सं.२०८१ चैत ३ आइतवार

भारतमा सोमबार साढे ३ लाख संक्रमित, झन्डै ३ हजारको मृत्यु

एजेन्सी । भारतमा एकैदिन साढे तीनलाख कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार तीन लाखको संक्रमित आँकडा पार गरेको यो लगातार पाँच दिन हो ।

३ लाख ५२ हजार ९९१ जना संक्रमित थपिएका हुन् । २८ लाख १३ हजार सक्रिय संक्रमित थपिएका छन् । भाइरसबाट २४ घण्टामा २,८१२ जना संक्रमितको मृत्यु भएको छ ।

भारतको अवस्था भयावह बन्दै जान थालेपछि अमेरिका, बेलायत, जर्मनीले स्वास्थ्य सामाग्री सहयोगको घोषणा गरेका छन् ।