वि.सं.२०८१ चैत ११ सोमवार

उपत्यकाका सिडिओको बैठक जारी, १६ गतेबाट निषेधाज्ञा लगाउन प्रस्तावमा छलफल

काठमाडौं । काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसिरहेको छ । बैठकले निषेधाज्ञाबारे निर्णय गर्ने छ ।

एक अधिकारीका अनुसार,‘यही वैशाख १६ गतेबाट निषेधाज्ञा लागु गर्ने प्रस्तावबारे छलफल भइरहेको छ । के–के बन्द गर्ने र के–के खुला गर्ने भन्ने कुरा केहीबेरमा टुंगिन्छ ।’

सीसीएमसीले पनि १६ गतेदेखि निषेधाज्ञा लागु गर्न सुझाव दिएको थियो ।

संयुक्त बैठकअघि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले गृह सचिव महेश्वर न्यौपानेसँग परामर्श गरेका थिए ।