वि.सं.२०८३ वैशाख १६ बुधवार

काठमाडौंको साँखुमा जस्ताको टहरामा टिपर छिर्दा ३ जनाको मृत्यु

khanepani

काठमाडौं । काठमाडौंको साँखुमा टिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ ।

द्वन्द्वपीडित तथा अपांग समाज संस्थाले बनाएको जस्ताको टहरामा सुतिरहेको अवस्थामा टिपरले ठक्कर दिँदा आकाश, सुमन र४५ वर्षका हरिजनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शंखरापुर नगरपालिका ६ साँखु सलम्बुटारस्थित साँखु ब्रह्मखेल सडक खण्डमा बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भई सडक छेउको टहरोमा ठोक्किएको हो ।

टिपरले ठक्कर दिएको कोठामा १० जना सुतिरहेका थिए । त्यहाँ ६१ जना बस्ने गरेका छन् ।

ranechhap