वि.सं.२०८३ वैशाख १७ बिहीवार

कुलमानबारे विपक्षीहरूलाई ऊर्जामन्त्रीको जवाफ- उहाँलाई कानून लाग्दैन भनेर कि संविधानमै लेखिदिनुपर्‍यो

khanepani

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कानून भन्दा माथि नभएको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री कुलमानले कार्यसम्पादन मूल्याङ्कन समयमै नबुझाएको कारणले शून्य अङ्क दिएको प्रष्टीकरण दिए।

उनले भने, ‘हामीले पटक पटक माग्दा बेवास्ता गरियो। तर, पुसमा उहाँ आफैँले ९८.९९ प्रतिशत आएको छ भनेर मन्त्रालयलाई बुझाउनुभयो। यहाँ धेरै शिक्षक साथीहरू हुनहुन्छ, विद्यार्थी भएर आएकाहरू पनि हुनुहुन्छ, यदि विद्यार्थी परीक्षामा सहभागी हुँदैन भने कति नम्बर प्राप्त गर्नुहुन्छ ?’
उनले विपक्षीहरूलाई कुलमान किन कानुनभन्दा माथि छन्, कानुन लाग्दैन भन्ने कुरा संविधान लेख्नुपर्‍यो भन्दै जवाफ फर्काएका छन्।

ranechhap