वि.सं.२०८३ जेठ १७ आइतवार

गफ चुट्ने नेताबाट देशमा परिवर्तन सम्भव छैन : विप्लव

khanepani

सुर्खेत। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले कर्णालीका जनताले गरेको सौहार्दपूर्ण स्वागत र स्थानीय सहयोगप्रति आफू प्रभावित भएको बताएका छन्।

वीरेन्द्रनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै महासचिव विप्लवले वर्तमान नेतृत्वप्रति कटाक्ष गर्दै गफ चुट्ने नेताबाट देशमा परिवर्तन सम्भव नभएको दाबी गरे। ‘नेपालका नेताहरू अन्य देशहरूसँग भिख माग्ने तर गफ धेरै दिने प्रवृत्तिले विकास अवरुद्ध भएको छ,’उनले भने।

आफ्नो राजनीतिक कार्यलाई आर्थिक सुधारतर्फ केन्द्रित गर्ने बताउँदै विप्लवले कृषि क्रान्तिलाई मुख्य एजेन्डा बनाउने योजना रहेको खुलासा गरे।

उनका अनुसार, जनताहरू हालको अवस्थाबाट सन्तुष्ट छैनन् र आर्थिक क्रान्तिको आवश्यकता महसुस गरिरहेका छन्। सबै पार्टी र सरकार कृषि क्रान्तिमा एकजुट भए कर्णालीका डाँडाकाँडा दुई वर्षभित्रै हरियालीले ढाकिने उनको भनाइ छ।

ranechhap