काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरेना संक्रमणको अहिलेको चक्रलाई रोक्न नसके केही दिनमा अस्पतालमा बिरामी राख्ने ठाउँ पनि नहुने चेतावनी दिएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आइतबार एक विज्ञप्ति जारी गरी कोरोना संक्रमण र उपचारको दुखद दृश्य स्वास्थ्यकर्मीहरुले दैनिक रुपमा देखिरहेको बताएका छन् ।
संक्रमणको चक्रलाई रोक्न सकिएन र यही गतिमा फैलँदै गएमा केही दिनमै अस्पतालमा बिरामी राख्ने ठाउँसम्म हुने छैन’ विज्ञप्तिमा भनिएको छ,‘त्यसैले व्यक्ति व्यक्तिले निर्वाह गर्न सक्ने भूमिकाहरुबाट कसैलाई पनि विचलित हुन नदिऔं, खबरदारी गरौं ।
कोरोना संक्रमण रोकथामकालागि सरकारले तोकेका स्वास्थ्य मापदण्ड पालना गर्नु निर्विकल्प उपाय भएको मन्त्रालयले जनाएको छ ।









































