काठमाडौं । नेकपा एमाले महाधिवेशन आयोजक कमिटी सदस्य शेरबहादुर तामाङले केन्द्रीय कार्यालय सचिवको पद सम्हालेका छन् ।
केन्द्रीय कार्यालय बबरमहलमा कार्यालय प्रमुख रहेका महासचिव ईश्वर पोखरेलको उपस्थितिमा पदभार ग्रहण गरेका हुन् ।
गएको १० वैशाखको बैठकबाट तामाङले केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी पाएका थिए । अध्यक्ष केपी शर्मा ओलीले तामाङलाई बागमती प्रदेशको सहइन्चार्जको समेत जिम्मेवारी दिएका छन् ।