वि.सं.२०८३ जेठ १७ आइतवार

सरकारी जग्गा हड्पेर रिसोर्ट चलाएको सुकुटेमा दलिय पत्रकार संस्थाको जगजगी

khanepani

सिन्धुपाल्चोक । दल तथा सत्ता पक्षिय दलको संरक्षणमा देशभर भएका सार्वजनिक जग्गा अतिक्रमण गरि आफुखुशी भोगचलन गर्ने गराउने कार्यले पछिल्लो समयमा तीव्रता पाएको छ । एकातर्फ दलका नेतादेखि साँसद तथा मन्त्रीसम्मलाई कमिशनको थैलीले स्वागत गर्ने केही व्यवसायीहरुले सार्वजनिक जग्गा हड्पेर रिसोर्ट चलाउदै अबैधधन्दा चलाउदा समेत सरकारी निकायबाट त्यसबारे कुनै अनुसन्धान र अनुगमन समेत गर्नेृ आँट गरेको देखिएको छैन ।

यसको ज्वालन्त उदाहरण हो सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर १ स्थिीत रहेको सुकुटे विच रिसोर्ट । पर्यटकीय हबका रुपमा विकसित हुदै गएको सुकुटेमा टाडाटाडाबाट ¥याफ्टिङ गर्नकालागि जाने गरेका छन् । सोही मौका छोपी पर्यटन व्यवसायीको नाममा वर्षाैंदेखि सरकारी जग्गा हडपेर रिसोर्ट खोली अबैधधन्दा समेत चलाउदै आएको आरोप सो रिसोटका मालिकामाथी लाग्दै आएको छ ।

सो रिसोर्टको लगानीकर्ताले नदीकिनार र वनको जग्गा हडपेर बनाइएको रिसोर्टले आफूले भोगचलन गरेको जग्गा भाडामा लिएको समेत कुनै प्रमाण छैन भने यसरी स्थापना भएको सो रिसोर्टलाई नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओबादी केन्द्रको विशेष सरक्षणमा सञ्चालन भएको आरोप समेत लगोको छ । सो रिसोर्टको नाममा ४ रोपनीभन्दा कम जग्गामात्रा रहेको पाइएको छ । भने अरु ३३ रोपनी जग्गा सार्वजनिक रहेको भएपनि विना प्रमाण र आधार भोगचलन गर्दै आएको छ ।

सो जग्गा भोगचलन गरेबापत अहिलेसम्म सरकारलाई कुनै कर वा भाडा समेत बुझाएको अभिलेख सरकारी निकायमा भेटिएको छैन । यसरी खुला रुपमा सरकारी जग्गा भोगचलन गर्दा समेत जिल्ला वन कार्यालय सिन्धुपाल्चोक र जिल्ला समन्वय समिति लगायत जिल्ला प्रशासनलाई समेत त्यसको कुनै चासो देखाएको छैन । यी सरकारी निकाय त्यसप्रति मूकदर्शक बन्दै आएको छ भने सरकारीदेखि नीजि सम्मका कार्यक्रम बैठक र मिटिङ र भेला समेत सोही रिसोर्टमा महंगो शुल्क तिरेर गरिदै आएको छ ।

यसरी सरकारी जग्गा अतिक्रमण गरि व्यक्तीगत नाफामुलक व्यवसाय चलाउदै आएको बारे सिन्धुपाल्चोकका पत्रकारलाई समेत अत्तोपत्तो छैन । बरु सोही रिसोर्टमा गएर दलगत पत्रकारहरुको संस्थाको बैठक, भेला र वार्षिक अधिबशेन समेत गर्दै आएको छ । जिसस सिन्धुपाल्चोक अध्यक्ष बालकृष्ण श्रेष्ठ प्रत्येक दिन सोही रिसोर्टमा पसेर संरक्षण गर्दै समेत आएका छन् । पछिल्लो समय गृह मन्त्रालयले सार्वजनिक सूचना जारी गरी भाडामा लगाइएको बाहेका सरकारी जग्गा सरकारको मातहतमा ल्याउन भने पनि सुकुटे रिसोर्टले भने आफूले हडपेको जग्गा निर्वाध रूपमा प्रयोग गर्दै आएको छ ।

तर जिसस, जिल्ला वन कार्यालय र प्रहरी प्रशासन मूकदर्शक बनी बस्नुमा पनि सो रिसोर्ट सञ्चालकद्वारा कमिशनको अबैधथैलीले स्वागत गर्ने गरेको आरोप समेत स्थानीयहरुले लाएका छन् । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–९ कदमवासमालाई समेत सो जग्गा अतिक्रमणबारे चासो देखाएको छैन । राजनीतिक शक्तिको आडमा वन र बगर मिच्दै चलाइएको सुकुटे बिच रिसोर्टमा अनेकौं अप्रिय घटना समेत हुदै आएको बताइएको छ ।

सो रिसोर्टमा कहिले बलात्कारका घटना त कहिले लागुऔषध सेवन गरेर झैझगडा जस्ता घटना हुने गरेको बताइएको छ । सो रिसोर्टका सञ्चालक हुन महेन्द्र थापा । सो रिसोर्टमा हुने गरेको घटना लुकाउन रिसोर्ट सञ्चालक थापाले राजनीतिक शक्तिको आड लिदै आएका छन् । राजनीतिक शक्तिको आडमा सुरक्षा निकायलाई प्रभाव र प्रलोभनमा पारेर खुला रुपमा अबैधधन्दा चलाउदा समेत अहिलेसम्म कारबाहीकालागि सरकारले कुनै चासो दिएको छैन ।

अहिले सम्म रिपोर्टका मालिक थापाले प्रहरी प्रशासनलाई राजनीतिक पहुँचका बलमा घटनालाई थामथुम गर्दै आएपछि सुकुटे बिच रिसोर्टमा पछिल्लो समय लागुऔषध कारोबारदेखि सेवन गर्नेको ‘ट्रान्जिट प्वाइन्ट’ को रुपमा समेत रहेको स्थानीयको आरोप रहेको छ । अबैधधन्दाको कारोबार चलाई राख्नकालागि स्वधोषित सिन्धु पर्यटन संघ नामक सस्थाको समेत लोगो देखाएर पर्यटनको नाममा समेत लुटधन्दा चलाउदै आएको आरोप लागेको छ ।

केही समयअघि थापा संघका कोषाध्यक्ष समेत रहेका थिए तर उनलाई अन्य रिसोर्ट सञ्चालकले पटकपटक सम्झाएर रिसोर्टमा भएका गतिविधि रोक्न आग्रह गर्दा पनि अटेर गरेपछि अहिले उनलाई अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै संस्थाबाट निकालिदिएको समेत जनाएको छ । यसबारे सञ्चालक थापासंग सम्र्पक गर्दा उनी सम्र्पकमा आउन चाहेनन ।

ranechhap