काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको भारत तथा भुटानी समकक्षीसँग भेट भएको छ ।
ओमान भ्रमणमा रहेकी राणासँग भारतीय समकक्षी एस. जयशंकर र भुटानी विदेशमन्त्री डीएन ढुंगेलसँग भेट भएको हो । डेलिगेसन तहमा ओमानको राजधानी मस्कटमा भएको जयशंकरसँगको भेटमा नेपाल-भारत सम्बन्ध , जलश्रोत, व्यापार र पारवहनबारे छलफल भएको बताइएको छ ।
त्यस्तै भुटानी समकक्षीसँग दुई देशको हितबारे छलफल भएको राणाले सामाजिक सञ्जालमा लेखेकी छन् ।
आठौं हिन्द महासागर कन्क्लेभमा सहभागिताका लागि राणा यतिखेर ओमानमा छिन् ।