काठमाडौं । पूर्वराजाकी छोरी पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहलाई पनि कोरोना संक्रमण भएको छ ।
उनलाई पनि शनिबार नै पूर्व राजा रानी ज्ञानेन्द्र र कोमलसँगै नर्भिक अस्पतालमै लगिएको छ । पूर्व राजा ज्ञानेन्द्र हालै हरिद्धारामा आयोजित कुम्भ भेलामा सहभागी भएका थिए ।
कुम्भ भेलामा सहभागी लाखौंमा कोरोना संक्रमण भएको भारतीय मिडियाले जनाएका छन् । भारतबाट फर्के लगत्तै पूर्व राजा रानीमा संक्रमण पुष्टि भएको थियो ।
छोरीमा पनि बुबा आमाबाटै संक्रमण सरेको अनुमान गरिएको छ ।