काठमाडौं । कोभिड संक्रमित पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाह उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।
हरिद्धारमा सम्पन्न कुम्भमेलामा सहभागी भएर फर्किएका पूर्व राजा दम्पत्तीलाई उताबाट फर्किए लगत्तै कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना भएपछि निर्मल निवासमै बसिरहेका पूर्व राजा रानीलाई स्वास्थ्यमा थप समस्या भएपछि दिउँसो १ बजे अस्पताल ल्याइएको नर्भिक स्रोतले जनाएको छ ।
अहिले दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ।