वि.सं.२०८१ चैत ११ सोमवार

७ प्रदेशको मौसम, कहाँ-कहाँ पर्दैछ हिउँ ?

काठमाडौं । आज पनि देशका केही भू-भागमा मौसम बदली भएको छ । पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले मौसममा आंशिकदेखि सामान्य बदली भएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र लुम्बिनी प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागमा मौसम बदलीको सम्भावना रहेको छ । अन्य भू-भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

आज तराईं र उपत्यकाका भू-भागमा भने हुस्सु र कुहिरो लागेको छ ।

आज राति भने कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

केही ठाउँमा हिमपात हुने र तराईमा हुस्सु/कुहिरोले जनजीवन प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रससमेत गरेको छ ।