वि.सं.२०८१ फागुन १ बिहीवार

चितवनमा केहि प्रतिशत काम बाँकी रहेपछि दर्ता भएन रविविरूद्ध मुद्दा

चितवन । जिल्ला अदालत चितवनमा आज दर्ता गर्ने तयारी गरिएको रवि लामिछानेसहितका व्यक्ति तथा संस्थाविरुद्धको ठगी तथा संगठित अपराध मुद्दा समय अभावका कारण दर्ता नभएको जिल्ला सरकारी वकिल कार्यालय चितवनले जनाएको छ ।

आज चितवनमा चितवन जिल्ला अदाललत बार एशोसियसनमा सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फूयाँलको उपस्थितीमा दिनभर पद हस्तान्तरण तथा पदस्थापना कार्यक्रम भएकोले जिल्ला न्यायाधीवक्ता शान्ति प्रसाद लुइँटेल दिनभर उक्त कार्यक्रममा व्यस्त भए ।

दिनभरजसो नै कार्यक्रम भएकोले हिजैदेखि तयारी गरि आज मुद्धा दर्ता गर्ने अन्तिम चरणमा रहेपनि पाँच प्रतिशत काम रोकिएको कारण मुद्धा दर्ता नभएको जिल्ला सरकारी न्यायाधीवक्ता लुईँटेलले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार प्रहरीले गरेको पुरक अनुसन्धानमा थप अनुसन्धान गर्न निर्देशन दिइएपछि एक जना अभियुक्त थपिएका छन् ।

यसअघि प्रहरीले दिएको अनुसन्धान प्रतिवेदनमा १४ जना व्यक्ति र ६ वटा संस्थालाई प्रतिवादी बनाइएको थियो । यो मुद्धामा गोर्खा मिडिया प्रालिका तत्कालिन सञ्चालक तथा प्रवन्ध निर्देशक तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १५ जना विरुद्ध मुद्धा दायर हुने भएको छ ।

त्यसैगरि गोर्खा मिडिया प्रालि, साहरा सहकारी बहुउद्देश्यीय सहकारी संस्थासहित ६ वटा संस्था विरुद्ध पनि मुद्धा दर्ता गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय चितवनको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Untitled