वि.सं.२०८१ फागुन १ बिहीवार

ट्रम्पको चेतावनी- विश्वका अधिकांश देशले अमेरिकालाई धोका दिए, कर बढाएर सहायता घटाउँछौं

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाँडै नै युरोपेली युनियनमाथि करहरू बढाउने चेतावनी दिएका छन् । मेरिल्याण्डमा बीबीसीका पत्रकारसँग कुरा गर्दै ट्रम्पले चीन, मेक्सिको र क्यानडापछि युरोपियन युनियनमाथि थप कर लगाउने बताएका हुन् । ट्रम्पले युरोपियन युनियनले अमेरिकाबाट धेरै फाइदा उठाएको तर उनीहरूले अमेरिकालाई कुनै सहयोग नगरेको बताए ।

उनले भने- उनीहरूले हाम्रो कार किन्दैनन्, हाम्रो कृषि उत्पादन खरिद गर्दैनन्, उनीहरू लगभग हामीबाट कुनै पनि किन्दैनन् । हामी उनीहरूका लाखौं कार धेरै मात्रामा खाद्य र कृषि उत्पादन लिन्छौं । त्यसैले अब उनीहरूमाथि पनि टेरिफ लगाउँछौं ।

राष्ट्रपति ट्रम्पले विश्वका अधिकांश देशले अमेरिकालाई धोका दिएको भन्दै अमेरिका हरेक देशसँग घाटामा रहेको बताए । उनले अबको यो अवस्था बदल्ने बेला आएकाले कर बढाउने, सहायता घटाउनेजस्ता योजना ल्याइएको बताएका छन् ।

Untitled