काठमाडौं । लायन्स क्लव इन्टरनेश्नल ३२५ ए २ को डिष्टिक कन्भेन्सन हिजो अर्थात शुक्रबार सम्पन्न भएको छ । विश्वका मानवजातिलाई चुनौति दिर्दै आएको कोभिड १९ अर्थात कोरोना भाइरसको महामारीवीच अर्ध भर्चुअल कन्भेन्सन भएको हो ।
बुढा बुढी, रोगी, असक्त लायन्सहरुलाई अनलाईन मार्फत र केहि हट्टाकट्टाहरु भौतिकरुपमा उपस्थित भएर भएको यो ९ औं कन्भेन्सको भोटिङ भने पुरै अनलाईन मार्फत भएको थियो । यो कन्भेन्सनमा लायन लिडर हंसमुखि र अति नै क्षमतावान शम्भुप्रसाद घिमिरे धोनी मतका साथ ३२५ ए २ बाट अन्तराष्ट्रिय निर्देशकमा निर्वाचित भएका छन । त्यसैगरि लायन केशब पाण्डे सयमा सय मत एस ल्याएर लायन बर्ष २१ र २२ को लागि डिष्टीक गर्भनर भएका छन, भने लायन दिनेश प्रसाद श्रेष्ठ सयमा सय एक मतका आधारमा प्रथम डिष्टिक भाइस गर्भनर भएका छन । सोहि मतका आधारमा लायन उत्तम प्रसाद झा सर्वसम्मत सेकेण्ड भाइस गर्भनर निर्वाचित भएका छन । उहाँहरु चारै जना समाज सेवामा अनस्ताउने नक्षेत्र भएको उनीहरुको आजसम्मको कामको अनुभव, उनीहरुले अहिले पाएको मतले प्रमाणित गरिसकेको कुरा लायन्स म्यागेजिन अर्थात जोर्नालिष्ट क्लवका चार्टर अध्यक्ष लायन योगेन्द्र शाहीले भने ।
नेपालबाट लायन लिडर संजय खेतान पछि अन्तराष्ट्रिय निर्देशक हुनेमा शम्भुप्रसाद घिमिरे बराबर अन्य हुन नसक्ने कुरामा नेपालका सबै लायनहरुको एक मत रहेको छ । यदि नेपालबाट घिमिरेलाई सर्वसम्मत अर्थात निर्वाचित गरेर भएपनि पठाउन सके उनी अवश्यपनि अन्तर्राष्ट्रिय निर्देशक भएर नेपालको सान र मान राख्ने कुरामा कसैको दुईमत छैन ।
अन्तर्रराष्ट्रिय निर्देशक बन्ने प्रक्रिया लामो भएका कारण युवा, जोशिलो र जागरिलो, कसैलाई भनि नविझाउने मानिस नेपालबाट छनोट हुनु नै हामि सबै नेपाली लायन्सहरुको हित र गौरब हुने छ भन्दा अर्को अर्थ लाग्ने छैन ।