वि.सं.२०८३ जेठ १७ आइतवार

उपत्यका अपराध अनुसन्धान कार्यालय : एसएसपी रमेशकुमार बस्नेतको स्वागत, भट्टराईको बिदाइ

khanepani

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार बस्नेतले सम्हालेका छन् ।

गृहमन्त्रीस्तरीय निर्णयबाट ११ माघमा सरुवा भएका बस्नेतले शुक्रबारदेखि कार्यालयमा जिम्मेवारी थालेका हुन् । कार्यालयमा शुक्रबार बस्नेतको स्वागतसँगै सरुवा भएर जाने निवर्तमान प्रमुख सानुराम भट्टराईको विदाइ समेत गरिएको थियो ।

भट्टराईले ९ महिनाको अवधिमा आफूले उल्लेख्य काम गरेको बताउँदै नागरिक समाजबाट त्यसको मूल्यांकन हुने बताए । उनले भने, ‘मेरो कार्यकाल भरि अपराध अनुसन्धानसँगै फरार अभियुक्तहरुलाई समात्ने अभियानलाई प्राथमिकता दिइएको थियो ।’

भट्टराईको प्रहरी प्रधान कार्यालय, अन्तर्राष्ट्रिय प्रहरी समन्वय महाशाखामा सरुवा भएको छ । उनीसँगै काठमाडौंका निवर्तमान प्रमुख वसन्त रजौरेको पनि सरुवा भएको थियो । काठमाडौंमा केही दिनअघि नै एसएसपी विश्व अधिकारीले जिम्मेवारी सम्हालिसकेका छन् ।

ranechhap