काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्ष दलको हैसियतले सशक्त रुपमा प्रस्तुत हुने निर्णय गरेको छ।
संसदीय दलको बैठकले विपक्षी सात दलसँग भएको ५ बुँदे सहमतिका अनुसार संसदमा प्रस्तुत हुने निर्णय भएको प्रमुख सचेतक हितराज पाण्डेले बताए।
उनले भने, ‘संसदीय दलको अध्यक्षले सात दलको ५ बुँदे सहमतिलाई जानकारी गराउनुभएको छ। त्यसैको आधारमा भोलिबाट सुरु हुने बैठकमा प्रस्तुत हुने निर्णय भएको छ।’
सरकारले ल्याएको अध्यादेश लोकतन्त्रलाई सवलीकरण गर्नेगरी नआएको बैठकले निष्कर्ष निकालेको बताए।