वि.सं.२०८३ साउन ११ सोमवार

हुण्डी कारोबार गरेको आरोपमा पर्साबाट एक भारतीय नागरिक पक्राउ

khanepani

काठमाडौं । हुण्डी कारोबार गरेको आरोपमा पर्साबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत रक्सौलका २७ वर्षीय ओमकुमार रौनियार छन् । उनलाई वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

बुधबार दिउँसो साढे ४ बजेतिर बीआर ०५ क्यू ४३८३ नम्बरको मोटरसाइकलमा सवार उनलाई ६ लाखसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका रौनियारविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा १२५ (क) बमोजिम हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

हुण्डी कारोबार

ranechhap