हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश सभाको अधिवेशन माघ १८ गतेको लागि बोलाउनको लागि प्रदेश प्रमुखलाई पत्राचार गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले प्रदेशसभाको १५ औं अधिवेशनको मिति तय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले बताए ।
गत असोज ७ गतेबाट स्थगित भएको प्रदेशसभाको अधिवेशन ४ महिनापछि बोलाउने निर्णय भएको मन्त्री लामिछाने बताए ।
बैठकले भौतिक पुर्वाधार मन्त्रालयले निर्माण गरेको भवन नीति पनि अनुमोदन गरेको प्रवक्ता लामिछानेले बताए ।
मन्त्रीपरिषद बैठकले चलचित्र सम्बन्धि विधयकलाई प्रदेशसभामा पेश गर्न स्वीकृत गरेको छ भने बागमती प्रदेशको कामकाजको भाषा ऐनको विषयमा बनेको कार्यदलले बुझाएको प्रतिवेदनलाई सरकारले ग्रहण गर्ने निर्णय गरेको छ ।
बैठकले काभ्रेको तालढुङ्गामा एकीकृत नमुना बस्ती बसाउने र त्यसलाई पनि विधेयकको रुपमा लैजाने निर्णय गरेको प्रवक्ता लामिछाने बताए ।