वि.सं.२०८३ असार २४ बुधवार

मधेशमा सरकारी कामकाजी भाषा सम्बन्धी विधेयक सच्याउन सांसदहरूको माग, बैठक स्थगित

khanepani

जनकपुरधाम। मधेश प्रदेश सरकारले पेश गरेको प्रदेशको सरकारी कामकाजीको भाषा विधेयक, २०८१ सच्याएर ल्याउन सत्ता र प्रतिपक्षी दलका सांसदहरूले माग गरेका छन् ।

बुधबार शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी शर्मा तिवारीले नेपाली भाषाका अतिरिक्त मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजीलाई सरकारी कामकाजको भाषा बनाउन प्रस्ताव पेश गरेकी थिइन् ।

बिहीबार प्रदेश सभाको बैठक सुरू हुने वित्तिकै प्रदेश सरकारका गृह सञ्‍चार तथा कानुनमन्त्री राजकुमार लेखीले बुधबार पेश गरेको विधेयकमा थारू लगायतका मातृभाषालाई नसमेटी ल्याएको विधेयक सच्याउन माग गरे ।

यसका साथै सत्ताधारी दल एमाले र कांग्रेसका सांसदहरूले पनि पालैपालो उठेर विधेयक तत्काल फिर्ता गर्न पनि माग गरेका छन् । उनीहरूले बिना छलफल नै मातृभाषालाई नमेटेर विधेयक ल्याएको भन्द‍ै मधेशका सबै मातृभाषालाई समेट्न माग गरेका छन् ।

यस्तै मुस्लिम, मगही, मगर भाषामा बोलेर सांसदहरूले मातृभाषालाई मारेर प्रदेशको विकास सम्भव नभएको भन्‍दै विधेयक संशोधन गर्न माग गरेका छन् ।

यस अघि मगही समुदायले जनकपुर चोकमा विधेयकमा महगी भााषा मसमावेश गर्न माग गर्दै मसाल जुलुस निकाले छन् भने सदन बाहिर गेटमा थारू सांसदहरूले प्रदर्शन गरेका थिए ।

प्रदेश सभा बैठकमा सांसदहरूले बोलिरहँदा सभामुखले १० मिनेटका बैठक स्थगित गरेका छन् ।

ranechhap