वि.सं.२०८३ जेठ ३ आइतवार

राप्रपाको केन्द्रीय समिति बैठक भोलिदेखि, आज कार्यसम्पादन समितिको बैठक बस्दै

khanepani

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक माघ ११ र १२ गते काठमाडाैँमा बस्दै छ । बैठक धुम्बाराहीस्थित एसआर बैठकमा बिहान ११ः०० बजेदेखि शुरु हुनेछ ।

बैठकमा देशको समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, सङ्गठन सुदृढीकरण, पार्टीको वडादेखि जिल्ला तहसम्मको अधिवेशनको तयारी र समीक्षा लगायत विविध एजेन्डा र कार्ययोजनामाथि छलफल हुनेछ।

केन्द्रीय कार्यसमिति बैठकका एजेन्डाहरूमाथि छलफल गर्न आज पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ। बैठक आज दिउँसो १ः ०० बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए ।

ranechhap