काठमाडौँ । सरकारले औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको रिक्त व्यवस्थापन विज्ञ सदस्य मनोनयनका लागि सिफारिस गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रतिष्ठाको रिक्त व्यवस्थापन विज्ञ सदस्यमा गंगादत्त जोशी र हिरा बोहरालाई सिफारिस गरेको जनाएको छ ।
सिफारिस हुने सदस्यमध्ये जोशी शैल्यशिखर नगरपालिका ८ दार्चुलाका हुन् भने बोहरा धनगढी उपमहानगरपालिका १ कैलालीकी हुन् ।खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा सिफारिस गरिएको मन्त्रालयले जनाएको छ ।
उक्त सदस्य पदपूर्तिका लागि २०८१ असोज ६ गते र मङ्सिर १६ गते सूचना जारी गरिएको थियो । मन्त्रालयले सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन निर्देशिका २०७८ बमोजिम गठित सिफारिस समितिको माघ ७ गतेको निर्णयअनुसार सबैभन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवारलाई विज्ञ सदस्य पदमा मनोनयनका लागि सिफारिस गरिएको जनाएको छ ।








































