रुपन्देही । लुम्बिनी प्रदेश सभाको बैठक आज पनि बस्दै छ । पाँचौँ अधिवेशनको छैटौँ बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ ।
प्रदेश सभा सदस्यले समसामयिक विषयमा विशेष समयमा बोल्ने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा विशेष समयमा हालसम्म उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूचीमा समेटिएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले बताए ।
यस्तै मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।
यस्तै मुख्यमन्त्री चेतनारायण आचार्यले थारु आयोगको पाँचौँ र छैटौँ वार्षिक प्रतिवेदन, मधेशी आयोगको चौथो वार्षिक प्रतिवेदन र आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदनहरू सभामा पेश गर्ने कार्यसूचीमा समेटिएको छ ।








































