वि.सं.२०८३ वैशाख २० आइतवार

आज बिहीबार पनि सुनको भाउ दुई सयले बढ्यो

khanepani

काठमाडौं । बिहीबार सुन प्रतितोला २०० रूपैयाँ बढेको छ ।

बुधबार प्रतितोला ९२ हजारमा कारोबार भएको छापावाल सुनको भाउ आज ९२ हजार २ सय तोकिएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९१ हजार ७०० मा कारोबार भइरहेको छ ।

प्रतितोला २० रूपैयाँ बढेको चाँदी १ हजार ३ सय ३५ रूपैयाँ निर्धारण गरिएको छ ।

ranechhap