वि.सं.२०८३ वैशाख २० आइतवार

प्रहरीले वीरगञ्जबाट अवैध हतियार सहित एक जना युवक पक्राउ

khanepani

वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट अवैध हतियार सहित एक जनालाई पक्राउ गरेको छ । मकवानपुरको मनहरी गाउँपालिका ५ बस्ने २५ वर्षीय राजु रानामगरलाई प्रहरीले चौकी इनर्वाको टोलीले पक्रेको हो ।

बुधबार साँझ ६ बजे वीरगञ्ज १६ शंकराचार्य गेटबाट फक्राउ परेका राजुको साथबाट सनमाइका लेखेको पेस्तोल र खाली म्याग्जिन २ थान फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

उनलाई हातहतियार तथा खरखजना मुद्दामा आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

ranechhap