वि.सं.२०८३ वैशाख ८ मंगलवार

सरकारले ल्याएका अध्यादेशका विषयवस्तु सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओली

khanepani

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारले ल्याएको अध्यादेशका विषयवस्तु सार्वजनिक गर्ने भएका छन्।

दिउँसो ४ बजे पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीले अध्यादेशका विषयवस्तुको सार्वजनिक गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

जारी भएको अध्यादेशमा सुशासन प्रवर्द्धन र लगानी अभिवृद्धि सम्बन्धी रहेको सूचनामा उल्लेख छ। पत्रकार सम्मेलन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सगरमाथा हल हुनेछ।

विपक्षी दलहरूले सरकारले संसद बन्द गरेर अध्यादेशबाट शासन गर्न खोजेको आरोप लगाएपछि प्रधानमन्त्रीले प्रष्ट पार्न लागेका हुन्।

ranechhap