वि.सं.२०८३ वैशाख ७ सोमवार

नेपाली बजारमा बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार?

khanepani

काठमाडौ । काठमाडौ नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य बढेको छ।

मंगलबार प्रतितोला आठ सय रूपैयाँ घटेको सुनको भाउ बुधबार प्रतितोला चार सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५५ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५५ हजार रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला एक हजार आठ सय २० रूपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

ranechhap