काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हिरासतमा पठाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध रास्वपा कार्यकर्ताको उत्तेजक नाराबाजी गरेका छन्।आज थुनछेक बहस नसकिएपछि न्यायाधीशले प्रहरी हिरासतमा पठाउने आदेश दिएपछि रास्वपा समर्थकले काठमाडौं जिल्ला अदालत बाहिर प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गरेका हुन् ।
अब भोलि सरकारी बिदा रहेका कारण अदालत नखुल्ने भएकाले पर्सिमात्रै बाँकी थुनछेक बहस हुनेछ। आज थुनछेक बहसका क्रममा बोल्दै रविले आफू पोखराबाट आएर अदालतमा हाजिर भएको उल्लेख गर्दै फेरि घर पठाइदिन आग्रह गरेका थिए ।
सहकारी ठगी प्रकरणमा लामिछानेलाई प्रहरीले पक्राउ गरेपछि रास्वपाका नेता कार्यकर्ता सरकारले प्रतिशोध राखेको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध खनिँदै आएका छन् ।