वि.सं.२०८३ जेठ १७ आइतवार

गहुँ निर्यात प्रतिबन्ध लगाएको भारतले नेपाललाई दियो २ लाख टन आयात गर्ने अनुमति

khanepani

काठमाडौं । गहुँ निर्यात बन्द गरेको भारतले नेपाललाई २ लाख टन गहुँ आयात गर्ने अनुमति दिएको छ ।

भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले नेपाल सरकारको आग्रहमा भारत सरकारले सो अनुमति दिएको उल्लेख गरेका छन् ।

भारतले आफ्नै देशमा खपत अपुग भएको भन्दै गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ ।

नेपालको हकमा विशेष व्यवस्था गरेर २ लाख टन गहुँ निर्यात गर्न अनुमति दिएको राजदूतले जनाएका छन् ।

नेपालको आन्तरिक उत्पादनले गहुँको माग धान्न नसकेको कारण सरकारले भारतसँग आग्रह गरेको हो ।

ranechhap