वि.सं.२०८३ असार १९ शुक्रवार

जनकपुरधामको रेल्वे स्टेशन छेउमा दनदनी आगो लागेको अवस्थामा एउटा मोटरसाइकल फेला

khanepani

जनकपुरधाम । जनकपुरधामको रेल्वे स्टेशन छेउमा दनदनी आगो लागेको अवस्थामा एउटा मोटरसाइकल फेला परेको छ ।

गस्तीमा खटिएको प्रहरीको टोलीले मंगलबार बिहान साढे २ बजेतिर मोटरसाइकलमा आगो लागेको अवस्थामा फेला पारेका हुन् । ‘हामीले मोटरसाइकलमा आगो बलिरहेको देख्यौं, रेल्वे प्रहरी चौकीका प्रहरी नायब निरीक्षक सई प्रमोद साहले भने, त्यसपछि निभाएर उक्त मोटरसाइकल प्रहरी चौकी ल्याएका छौं ।

नम्बर खुल्न नसकेको डिस्कभर मोटरसाइकल पूर्ण रुपमा जलिसकेको छ । मोटरसाइकल कसको हो ? भन्ने खुल्न नसकेको उनले बताए ।

आगो कसले र किन लगाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ranechhap