वि.सं.२०८१ माघ ११ शुक्रवार

डोनाल्ड ट्रम्पको शपथग्रहणमा चिनियाँ राष्ट्रपति सिलाई निम्तो तर नजाने निश्चित

एजेन्सी । अमेरिकी राष्ट्रपतिमा चुनिएका डोनाल्ड ट्रम्पको शपथग्रहण समारोहमा चिनियाँ राष्ट्रपति सी चिनफिङलाई निम्तो आएको छ ।

सिलाई नोभेम्बरबाटै निम्तो गरिएको बताइएको छ ।

अगामी जनवरी २० मा हुने शपथग्रहणमा निम्तो सिलाई आएको खुलेको छ । तर, भारतीय प्रधानमन्त्री मोदीको भने नामै तोकेर निम्तो भएको नखुलेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

अमेरिकी मिडिया सीबीएस न्यूजका अनुसार हंगेरीका नेता भिक्टर ओर्बान लगायतलाई पनि निम्तो गरिएको छ ।

बेलायती विश्व च्यानल बीबीसीका अनुसार सिलाई निम्तो आएता पनि उनी नजाने भएका छन् ।

चिनियाँ अधिकारीहरूसँगको कुराकानीमा बीबीसीले यस्तो बताएको छ ।