काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशनमा आफ्ना मागहरू सम्बोधन नभएको भन्दै कर्मचारीहरूले विरोध गरेका छन् । बिहीबार अधिवेशनमा ११ बुँदे प्रस्ताव पास भएका थियो ।
कर्मचारीहरूले अधिवेशनले आफ्ना मागहरू सम्बोधन नगरेको भन्दै कार्यक्रमस्थलमा नाराबाजी समेत गरेका हुन् ।
सभामा पेश भएका १२ बुँदे प्रस्तावमध्ये ११ बुँदा पास भएका छन् भने एउटा बुँदा पास भएको छैन ।