वि.सं.२०८३ वैशाख १८ शुक्रवार

कोरोना महामारीको दोस्रो लहर सुरु, सुरु भयो प्रतिबन्धात्मक व्यवस्था

khanepani

काठमाडौं । कोरोना महामारीको दोस्रो लहर सुरु भएको भन्दै सरकारले फेरि प्रतिबन्धात्मक व्यवस्थाहरु सुरु गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपालमा कोभिड–१९ को नयाँ भेरियन्टसहितको संक्रमण बढेको भन्दै जनस्वास्थ्यको मापदण्ड पालनामा कडाइ र भिडभाड हुने क्षेत्रमा नियन्त्रण गरेको हो ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सरकारले आदेश जारी गरेको बताएका छन् ।

उक्त आदेश अनुसार ४० वटा स्थानीय तहमा वैशाख मसान्तसम्म शैक्षिक संस्था बन्द हुनेछन् भने सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन पाउने छैनन् ।

काठमाडौं उपत्यकाका सबै महानरपालिका र नगरपालिकाका विद्यालय वैशाख मसान्तसम्म बन्द हुनेछन् । ललितपुरको कोन्ज्योसाम, बाग्मती र महांकाल गाउँपालिकाका विद्यालय भने बन्द हुने छैनन् ।

त्यस्तै उपत्यका बाहिर विराटनगर, वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिका तथा इटहरी, धरान, जनकपुर, हेटौंडा, बुटवल, घोराही, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकामा पनि वैशाख मसान्तसम्म शैक्षिक संस्था बन्द हुनेछन् ।

मेचीनगर, विर्तामाड, दमक, राजविराज, बनेपा, धुलिखेल, सिद्धान्र्थनगर, वीरेन्द्रनगर र भीमदत्त नगरपालिकामा पनि शैक्षिक संस्था बन्द हुनेछन् । यी स्थानीय तहमा भौतिक रुपमा विद्यार्थी उपस्थित हुन पाउने छैनन् र वैकल्पिक विधिबाट शैक्षिक गतिविधि सञ्चालन गर्नुपर्नेछ ।

विद्यालय बन्द गरे पनि विद्यालय र कलेजका पूर्व निर्धारित परीक्षा र चिकित्सा शिक्षाका प्रयोगात्मक परीक्षा भने नरोकिने सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले बताए ।

वैशाख मसान्तसम्म सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी नाचघर, हेल्थ क्लब, जिमखाना, स्वीमिङपुल, फुटसल, आमसभा, जुलुस, हाटबजार, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसको भिडभाड हुने सबै कार्यक्रम बन्द गरिएको छ ।

त्यस्तै मठ मन्दिर, मस्जिद, चर्च, गुम्बाजस्ता धार्मिकस्थलमा वैशाख मशान्तसम्म नित्यपूजा मात्र सञ्चालन गरिने भएको छ ।

१) काठमाण्डौ, ललितपुर,भक्तपुर जिल्लाका सबै महानगरपालिका तथा नगरपालिकाहरु, विराटनगर, विरगञ्ज, भरतपुर, पोखरा महानगरपालिका, इटहरी , धरान, जनकपुर, हेटौडा ,बुटवल, घोराही, तुलसीपुर, नेपालगञ्ज तथा धनगढी उपमहानगरपालिका, मेची नगर विर्तामोड, दमक, राजविराज, बनेपा, धुलिखेल , सिद्धार्थनगर, विरेन्द्रनगर तथा भिमदत्तनगर नगरपालिका भित्रका शैक्षिक संस्था, विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र बैशाख मसान्त सम्म भौतिक रुपमा उपस्थिति नभई भर्चुअल रुपमा वा वैकल्पिक विधि अपनाई शैक्षिक गतिविधि सञ्चालन गर्न भनिएको । विद्यालय र कलेजका पुर्वनिधारित परीक्षा , चिकित्सा शिक्षा लगायतका सबै परीक्षाहरु जनस्वास्थ्य मापदण्ड अपनाई सञ्चालन गर्न पाईने भएको ।
२) सिनेमाहल, पार्टी प्यालेस,दोहोरी नाचघर, हेल्थक्लब,जीमखाना, स्वीमिङपुल, फुटसल, आमसभा, जुलुश वा हाटबजार, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसको भीडभाड हुने सबै प्रकारका कार्यक्रमहरु बैशाख मसान्त सम्म बन्द गर्न भनिएको ।
३) मठमन्दिर, गुम्बा , मस्जिद जस्ता धार्मिक स्थानमा जनस्वास्थ्यका मापदण्ड पालना गरि बैशाख मसान्तसम्म नित्य पुजा,ध्यान, प्रार्थना गर्ने गराउने व्यवस्था मिलाउन भनिएको ।
४) सर्वसाधरणलाई अपिल
सरकारले कोभिड १९को रोकथाम, पहिचान र उपचारलाई प्रभावकारी बनाउन सर्वसाधरणलाई जनस्वास्थ्यका मापदण्ड पुर्णरुपमा पालना गर्न अपिल गरेको । विदेशबाट आएकालाई अनिवार्य १० दिन होम क्वारेन्टीनमा बस्न पनि सरकारले अनुरोध गरेको । २५ जना भन्दा बढी जम्मा नहुने, कुनै पनि सामान अनावश्यक नछुने, मास्क अनिवार्य, सेनिटाईजर वा साबुन पानीले पटक पटक हात धोएर आवश्यक स्वास्थ्य सर्तकता अपनाउन भनिएको ।
५) मेला, महोत्सव, जात्रा, पर्व विवाह जस्ता धार्मिक अनुष्ठान तथा अत्यावश्यक धार्मिक र सांस्कृतिक क्रियाकलाप सञ्चालन गर्दा २५ जना भन्दा बढी सहभागी नभई जनस्वास्थ्यका मापदण्ड पालना गरेर मात्रै गर्न पाईने भएको । सभा सम्मेलन गर्नुपर्न भएमा भर्चुअल गर्ने र भौतिक रुपमा उस्थिति हुनुपर्ने भएमा २५ जना भन्दा बढी सहभागी गराउन नपाईने भएको । एकपटकमा २५ जना भन्दा बढी नहुने गरि स्वास्थ्यका सम्पुर्ण मापदण्ड अपनाएर सपिङ मल र डिपार्टमेण्ट हल सञ्चालन गर्न पाईने भएको ।
६) सिट क्षमता भन्दा बढी नराखी सार्वजनिक यातायात संञ्चालन सञ्चालन गर्न पाईने भएको । तर त्यसका लागि चालक, सहचालक र यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, ढोकामा र भित्र सेनिटाईजर राखिएको हुुनुपर्ने र दैनिक यातायातका साधनलाई निसंक्रमण गर्नुपर्ने छ । मास्क नलगाउने व्यक्तिलाई सवारी साधनमा प्रवेश गर्न नदिने, सवारी सञ्चालकले आवश्यक परे बढीमा १० रुपैया प्रति मास्क लिएर यात्रुलाई बेच्न पाउने भएका ।
७)लामोदुरीको सवारी साधनमा रहेका यात्रुहरुको विवरणको जानकारी कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई गराउनु पर्नेछ । हवाईजहाज उडानमा पनि भीडभाड नगरि जनस्वास्थ्यका मापदण्ड प्रयोग गर्नु पर्नेछ ।
८) पसल र कार्यालयमा अनिवार्य मास्क लगाउनुपर्ने र जनस्वास्थ्यका मापदण्ड प्रयोग गर्नुपर्नेछ । होटल तथा रेष्टुरेण्टले बिहान ८ :०० देखि साँझ ८:०० गते सम्म मात्रै जनस्वास्थ्यका मापदण्ड प्रयोग गरि भीडभाड नगरी सेवा दिन सक्नेछन् । साँझ ८:०० बजेपछि भने होमडेलिभरी सेवा मात्रै दिनसक्ने छन् ।
९) सरकारले नेपाल राष्ट्र बैंकलाई बैंक तथा वित्तिय संस्थाहरुलाई विद्युतिय भुक्तानी प्रणाली लागु गर्न सहजीकरण गर्न तथा सेवा शुल्क लगायतका भुक्तानी एकमुस्ट रुपमा बुझाउन चाहनेलाई सो बमोजिम व्यवस्था मिलाउन भनेको । सरकारले नियमित रुपमा सञ्चालन हुनुपर्ने स्वास्थ्य संस्थाहरु जनस्वास्थ्यका मापदण्ड प्रयोग गरि नियमित रुपमा सञ्चालन गर्न सकिने जनाएको ।
१०) सम्पुर्ण आवश्यक व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई जिम्मा
सरकारले कोभिड १९ रोगको रोकथाम पहिचान र उपचारको लागि आवश्यक सम्पुर्ण व्यवस्थापन गर्ने जिम्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिएको । अत्यावश्यक सामाग्री खरिद तथा आवश्यक जनशक्तिको व्यवस्था मिलाउने, अस्पतालको आईसोलेसन लगायतको व्यवस्थापन गर्न भनिएको ।
मन्त्रालयललाई सूचीकृत अस्पतालहरुलाई संक्रमितको उपचारमा लाग्ने खर्च संस्थागत आईसोलेसन २ हजार, अस्पतालको आईसोलेसन ३ हजार ५ सय र मध्यम जटिल केसको उपचारको लागि ७ हजार र गम्भीर विरामीको आईसियुमा भेन्टिलेटर सहितको उपचारका लागि १५ हजार प्रतिव्यक्ति प्रतिदिन भनि निर्धारित ढाँचा रकम प्रत्येक महिनाको पहिलो हप्तामा उपचार खर्चको शोधभर्ना भुक्तानी गर्न भनिएको ।
११) सम्बन्धित प्रदेश सरकार संगको समन्वयमा सिमा नाकाहरु नजिक कम्तिमा १ हजार क्षमताको संख्यामा होल्डिङ सेन्टरको व्यवस्थान गर्ने , होम क्वारेन्टीन र आइसोलेसनमा रहेका विरामीलाई अस्पतालसम्म पुर्याउने काममा सघाउ गर्ने र आवश्यकता अनुसार उपचारमा सहजीकरण गर्ने भनिएको ।
१२) मन्त्रालयले नै संक्रमितको मृत्यु भएमा उनीहरुको परिवारको परम्परा अनुसार अन्त्येष्ठी गर्ने व्यवस्था मिलाउने,सो काममा २५ जना भन्दा बढी सहभागी हुन नपाईने र आवश्यक परेमा संंक्षिप्त कार्यविधि २०७६ अनुसार नेपाली सेनाले गर्ने मृतकको अन्त्येष्ठी गर्ने गरि व्यवस्था मिलाउने । १३) आवश्यकता अनुसार एन्टिजिन परीक्षण गर्ने व्यवस्था मिलाउने जिम्मा पनि मन्त्रालयलाई दिईएको ।
१३) कोभिड नियन्त्रण सम्बन्धी जारी आदेश कार्यन्वयनमा बाधा पुर्याउने व्यक्ति वा संस्थालाई संक्रामक रोग नियन्त्रण ऐन २०२० बमोजिम कारवाही र सँजाय हुने गरिने भएको।

ranechhap