वि.सं.२०८३ असार १४ आइतवार

देवरले भाउजूलाई फलामको रडले टाउकोमा हिर्काए गरे हत्या, हत्यारा प्रहरी हिरासतमा

khanepani

काठमाडौं । काठमाडौंमा देवरले भाउजूको हत्या गरेका छन्।

यो घटना शनिबार बेलुकी सात बजेतिरको हो।

काठमाडौं महानगरपालिका वडा नम्बर १० बुलबुलेमार्गका ४८ वर्षीय मोहन राज भण्डारीले आफ्नी भाउजू ४८ वर्षीया रोशनी राज भण्डारीको हत्या गरेको प्रहरीले जनाएको छ।

बाटोमा हिडिँरहेकी रोशनीलाई मोहनले लखेटेर रडले हिर्काएको प्रारम्भिक अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले बताए।

‘देवरले भाउजूलाई फलामको रडले टाउकोमा हिर्काएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ,’ उनले भने।

फलामको रड प्रहार भएपछि गम्भीर घाइते भएकी रोशनीलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो।

चिकित्सकहरूले उनको शनिबार राति आठ बजे मृत्यु भएको पुष्टि गरेका थिए।

प्रहरीले मोहनलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको जनाएको छ। मोहनलाई बानेश्वर वृत्तमा राखिएको छ।

ranechhap