वि.सं.२०८१ माघ १२ शनिवार

प्रहरीको प्राविधिक तर्फका ५ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

काठमाडौँ । नेपाल प्रहरीको प्राविधिक तर्फका ५ जना प्रहरी उपरीक्षकहरूलाई वरिष्ठ उपरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ ।

बढुवा सिफारिस हुनेहरूमा चिकित्सातर्फ डा. केदार खड्गी, डा. धन्द बहादुर बुढाथोकी, डा. पवन कुमार राय र डा. सुवर्ण कुँवर छन् ।

त्यस्तै सूचना प्रविधि कम्युटरतर्फका प्रहरी उपरीक्षक श्याम कुमार मण्डललाई प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा गर्न सिफारिस गराएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Untitled