वि.सं.२०८१ माघ १२ शनिवार

सर्वोच्च र उच्च अदालतमा रिक्त रहेका न्यायाधीश नियुक्तिबारे छलफल गर्न न्यायपरिषद्‌को बैठक सुरू

काठमाडौं। सर्वोच्च र उच्च अदालतमा रिक्त रहेका न्यायाधीशको नियुक्तिबारे छलफल गर्न न्यायपरिषदको बैठक सुरू भएको छ ।

न्यायपरिषदका सदस्य रामप्रसाद श्रेष्ठको पदावधि सकिन केही दिनमात्रै बाँकी रहेको पृष्ठभूमिमा परिषदको बैठक बोलाइएको हो । न्यायपरिषद्‌ सम्वद्ध स्रोतका अनुसार, सर्वोच्च र उच्च अदालतमा रिक्त न्यायाधीशको सिफारिसको विषय एजेण्डामा राखिएको छ ।

अहिले सर्वोच्च अदालतमा चार न्यायाधीश रिक्त छन् भने दुई जना उच्च अदालतमा मुख्यन्यायाधीशको पद रिक्त छ ।

उच्च अदालत भरमा १७ जना न्यायाधीशहरुको दरबन्दी खाली छ । करिव एक वर्षदेखि नै उच्च र सर्वोच्च अदालतमा खाली रहेको ठाँउमा पूर्ण रुपमा पदपूर्ति हुन सकेको छैन ।

Untitled