वि.सं.२०८१ माघ ११ शुक्रवार

प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले पाँच महिनामै दिए राजीनामा

काठमाडौं । प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले पदबाट राजीनामा दिएका छन् । स्वास्थ्यको कारण देखाउँदै उनले जिम्मेवारी सम्हालेको पाँच महिनामै राजीनामा गरेका हुन् ।

कुरा गर्दै अधिकारीले राष्ट्रपतिसमक्ष राजीनामा बुझाएको बताए । उनी विगतमा नेपाल सरकारका सचिव थिए । शिक्षा मन्त्रालयको सचिवबाट रिटायर्ड भएपछि उनलाई संसद सचिवालयमा ल्याएर प्रतिनिधि सभाको सचिव नियुक्त गरिएको थियो ।

उमेर हदका हिसाबले अधिकारीको दुई वर्ष सेवा अवधि बाँकी थियो ।