वि.सं.२०८३ वैशाख २२ मंगलवार

नेपाली बजारमा सुनको भाउ बढ्ने क्रम जारी, आइतबार एकैदिन प्रतितोला १७ सय रूपैयाँ वृद्धि

khanepani

काठमाडौ । काठमाडौ नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको भाउ बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार प्रतितोला एक हजार पाँच रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक हजार सात रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६७ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६५ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय ४० रूपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २७ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

ranechhap