वि.सं.२०८१ माघ ११ शुक्रवार

कीर्तिपुर मेयरमा मनोनयनपछि डा. सुरेन्द्रले भने, ‘हामीप्रतिको आशा व्यवहारमा देखाउँछौं’

काठमाडौं । नेकपा एमालेबाट कीर्तिपुर नगरपालिकाका मेयर उम्मेदवार डा. सुरेन्द्र मानन्धले पार्टी र आफूहरूप्रतिको आशा व्यवहारमा परिणत गर्ने बाचा गरेका छन् ।

मंसिर १६ मा हुने उपचुनावको लागि उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै उनले एकता सहकार्यसहित नगरको समृद्धि र विकासको एजेण्डा लिएर जनतामाझ जाने बताए ।

‘हाम्रो कार्यकालमा समृद्ध कीर्तिपुर बनाउँछौं । शान्ति र बस्न योग्य बनाउँछौँ’, उनले भने ।

आफू निर्वाचित भए अन्य पार्टीले उठाएका विकासका एजेण्डालाई पनि सँगै लिएर जाने उनले बताए ।

विज्ञ र ज्ञाताहरूलाई नगर निर्माणमा लगाउने भन्दै जनताले एमालेलाई माया र सद्भाव देखाएको उनले दाबी गरे ।