वि.सं.२०८३ वैशाख २१ सोमवार

मध्यरातमा परेको चट्याङले जल्यो गाउँपालिका अध्यक्ष र वडाध्यक्षको घर

khanepani

ओखलढुगा । ओखलढुंगाको लिखु गाउँपालिका वडा नम्बर ८ मा चट्याङले गाउँपालिका अध्यक्ष र वडाध्यक्षको घर ध्वस्त बनाएको छ।

गए राति करिब १ बजेतिर चट्याङ परेर आगलागी भएपछि दुइटा घर ध्वस्त भएको हो।

गाउँपालिका अध्यक्ष गोविन्दबहादुर पौडेल र उनका भाइ वडा नम्बर ८ का वडाध्यक्ष विशालकुमार पौडेलको घर चट्याङले खरानी बनाएको छ।

मानवीय क्षति नभए पनि घर र घरभित्र भण्डारण गरिएका सामग्री जलेर नष्ट भएका छन्।

गाउँपालिका अध्यक्ष पौडेलले चट्याङले दुइटा घर जलेर नष्ट भएको बताए।

त्यो घरमा कोही पनि सुतेको थिएन त्यसैले मानवीय क्षति हुन पाएन, उनले भने, ‘मेरो घरमा आगलागीपछि भाइको घरमा पनि आगो सर्‍यो। भाइका परिवार भागेर ज्यान जोगाए।

चट्याङ परेर घर आगोलागी भएपछि भाग्ने क्रममा उनकी बुहारी भने घाइते छिन्। पौडेलका अनुसार उनको खुट्टामा दुखाइ छ। ‘उनको उपचारका लागि डाक्टर बोलाएका छौं, उनले बताए । पौडेलका परिवार घर नजिकै भन्सारमा सुतेका थिए।

जस्तापाताले छाएको घर चट्याङ लागेपछि आगलागी भएको थियो।

ranechhap