वि.सं.२०८३ वैशाख २१ सोमवार

मौसम बदली, हावा हुरी र चट्याङसहित पानी पर्ने

khanepani

काठमाडौं । स्थानीय र पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भएको छ । आज देशैभर सामान्य र आंशिकरुपमा बादल लागेको छ ।

आज प्रदेश १, सुदूरपश्चिमसहित अन्य प्रदेशका पहाडी भूभागहरुमा केही स्थानमा हावाहुरी, चट्याङ र मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मौसम बदली आगामी आइतबारसम्म कायमै रहने छ । शनिबार र आइतबार पनि दिउँसो र रातको समयमा देशका विभिन्न पहाडी जिल्लाका केही ठाउँमा मेघगर्जन र चट्टयाङ्ग र हावा हुरीसहित हल्का पानी पर्ने छ ।

हावा हुरीका साथै चट्याङ पर्न सक्ने सम्भावना भएकोले सतर्कता अपनाउन महाशाखाले सचेत रहन बताएको छ ।

ranechhap