काठमाडौंं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकका १४ जिल्लालाई कोरोनाबाट अति संवेदनशिल क्षेत्र घोषणा गर्दै ती क्षेत्रमा भीडभाड नगर्न सार्वजनिक अपिल जारी गरेको छ ।
सह–प्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तीमा ती जिल्लाका रेष्टुरेन्ट, क्लब, खेलकुद, जीम, सार्वजनिक पूजाआजा, जात्राहरु, सभा, सम्मेलन बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्वीमिङ पुलमा सहभागि नभैदिनको लागि आग्रह गरिएको छ ।
मन्त्रालयमा शुक्रबार बसेको सचिवस्तरीय बैठकले यस्तो निर्णय गरेको हो ।








































