08, Nov, 2024

नेपाली बजारमा सुनको भाउ फेरि हालसम्मकै उच्च विन्दुमा, एक तोला किन्न कति रकम चाहिन्छ?

बागमती भ्वाइस
बागमती भ्वाइस
१३ कार्तिक २०८१, मंगलवार ११:४१ | १ हफ्ता अगाडी

काठमाडौ काठमाडौ नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यस अघि गत आइतबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।

उक्त दिन सुन प्रतितोला एक लाख ६७ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।

आज सुन प्रतितोला एक लाख ६८ हजार पाँच सय रूपैयाँ पुगेको छ।

यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला एक हजार एक सय रूपैयाँ बढी हो।

यस्तै सोमबार भने एक लाख ६७ हजार रूपैयाँमा सुनको कारोबार भएको थियो।

सोमबारको तुलनामा मंगलबार भने सुनको मूल्य प्रतितोला एक हजार पाँच सय रूपैयाँ बढेको हो।

यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार एक सय पाँच रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

सोमबार चाँदी प्रतितोला दुई हजार ६५ रूपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २७ सय ५२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

१३ कार्तिक २०८१, मंगलवार ११:४१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading