काठमाडौं । मेलम्चीको पानी काठमाडौं आएपछि पनि काठमाडौंका जनता काकाकुलकै अवस्थामा रहेका छन ।
काठमाडौंबासीलाई खानेपानी वितरणको जिम्मेवारी पाएको एक मात्र काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)का प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यको गैर जिम्मेवारीका कारण पानी वितरणमा समस्या परेको केयूकेएलका प्राविधिक कर्मचारीहरुको गुनासो रहेको छ ।
पहिलो चरणमा केयूकेएलको पानी पुरानो पाइपलाइनमा हालेर वितरण गर्ने योजना बनाएर प्रधानमन्त्री, खानेपानी मन्त्री र अन्य निकायलाई विश्वस्थ पार्न सफल शाक्यको भित्रि दुरासाय बुझ्न नसक्दा पानी वितरणमा समस्या मात्र हैन, करोडौ रुपयाँ स्वाहाँ हुने अवस्था आएको छ ।
पुरानो पाइप लाइनबाट पानी वितरण हुदाँ आउने समस्यासँग जानकार शाक्य यहि मौकामा करोडौ बजेटमा डुबुल्की मार्न च्याँखे दाउँमा रहेका थिए । शाक्यको यो सपना पुरा हुने भएको छ ।
करिब ५० वर्ष अगाडि गरिएको पाइप लाईनबाट पानी वितरण हुदाँ समस्या आउनु स्वभाविकै हो । तर, यसका सरोकारवालाहरुलाई थाहा नहुनु र थाहा भइ भई पुरानै पाइपलाईनद्धारा पानी वितरण गर्नुको पछाडि अनेक षडेन्त्र लुकेको हुन सक्ने अनुमान लगाउन सकिन्छ ।
पुरानो पाइप लाईन भएका कारण पाइप लाइन टुट्ने, पाइप खियाँ लागेर जाने समस्या पहिलेदेखि हुर्दै आएको हो । यति हुदाँ हुर्दै पनि पुरानो पाइप लाईन चलाएर मर्मतका नाममा दैनिक लाखौ रुपयाँ भुक्तानी लिने केयूकेएलमा धमिरारुप धारण गरेका मिलन शाक्यको चलाखि थियो भन्दा अन्य अर्थ लाग्ने छैन ।
उनलाई यहि मौकामा सिध्याएर त्यो ठाउँमा महेशकुमार भट्टराईलाई ल्याउने भित्रि खेल पनि भइरहेको केयूकेएल स्रोतले दावी गरेको छ । मेलम्चीको पानी वितरणमा केयूकेएलका सिईओ शाक्यले राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीलाई समेत चिटिङ गरेर आफ्नो कपटपूर्ण स्वरुप देखाई सकेका छन ।
मेलम्चीको पानी वितरण उद्घाटन गर्ने राष्ट्रपतिको चाहना बुझेका शाक्यले महाँकालचौर र बालाजुमा हतार हतार पानी वितरणको उद्घाटन गरेर संचारमाध्यहरुबाट प्रचार गराएका थिए । तर, राष्ट्रपतिले उद्घाटन गरेपछि केयूकेएलका सिईओले कुनै पनि स्थानमा गएर पानी वितरणको नक्कली ढोङ देखाएको देखिदैन । उनको भित्रि नियत के थियो, उनी को कोबाट कसरी प्रचालित थिए र उनी किन यसो गरिरहेका छन, सो प्रष्ट छ ।
सिईओ मिलन कुमार शाक्य लगायत पानी माफियाहरुले जसरी तसरी पनि मेलम्चीको पानी वितरणको जिम्मा निजि क्षेत्रलाई दिने प्रपंच रचिरहेका छन । यसै अवसरमा केयूकेएलका महाभष्ट आठ तहका इन्जिनियर कृष्णहरी बुढाथाकि मिलन शाक्यलाई हटाएर आफ्ना गुरु महेश भट्टराईलाई सिइओ बनाएर ल्याउने भित्री तयारीमा लागेको समाचार स्रोतले दावी गरेको छ ।
यसका लागि बुढाथोकिका नाता पर्ने तथा केपी ओलीका प्रभावशालि एक पूर्वमन्त्री मार्फत प्रधानमन्त्री, मन्त्रीलाई बुझाउने काम गरिरहेको समाचार स्रोतले दावी गरेको छ ।
केयूकेएलको सिईओमा शाक्यलाई नै राखेर कार्यकारी अध्यक्षका रुपमा भट्टराईलाई ल्याउन सकिन्छ कि भनेर केयूकेएलको ऐन नियम र कर्मचारी विनियमको छिद्रा खोज्ने कार्य भइरहेको छ । यदि कहि कतै यस्ता छिद्रा भेटाउन सकिएन भने केयुकेएलको कर्मचारी व्यवस्था सम्बन्धी विनियम संशोधन गरेर भएपनि भट्टराई ल्याउने खेल चलिरहेको बुझिन आएको छ ।
केहि समय अगाडि सिईओ मिलन शाक्य र इलोक्टोनि मेकानिकलका प्रमुख कृष्णहरी बुढाथोकिलाई अख्तियार र शर्तकता केन्द्रमा समेत उजुरी परेको छ ।
बुढाथोकिले पम्प र टुयूवेल मर्मत गर्दा हरेकको विल ५ लाख भन्दा तलको बनाएको रेकर्ड नै छैन । उनले एउटा नटबल बिग्रीएकोलाई पनि ५ लाखकै विल बनाएर करोडौ रुपयाँ झ्वाँम पारेर बौद्धमा आलिनशान बंगला बनाएका छन । उनले आफ्नो पुर्खौली सम्पती एक टुक्रा पनि बेचेका छैनन । उनको घर चागुनाराण भएपनि गठ्ठाघर एरियामा डेरामा बस्र्दै आएका बुढाथोकिले मेकालनिकलको हाकिम भएको दुई वर्षमै बौद्धमा घर निर्माण गरेका थिए ।
यसैले पनि अनुमान लगाउन सकिन्छ उनले केयूकेएलमा कसरी काम गरे र कति आर्जन गरे भन्ने कुरा ।
केयूकेएलमा उनका पक्षमा कुनै कर्मचारीहरु देखिएका छैनन । उनी पैसाको बलमा साथिभाई बनाउन र फेर्न धेरै माहिर छन । उनी आफ्नो आबश्यकता अनुसार कसैलाई नजिक र कसैलाई टाढाको व्यवहार गर्न निक्कै चतुर देखिएका छन । उनको कसैसँग पनि दिगो सम्बन्ध भएको देखिदैन । उनी अतिनै मौका परस्त कर्मचारी हुन । यीनै बुढाथोकिले केही यूनियनका नेताहरुलाई हातमा लिएर शाक्य विरुद्ध तिर हान्ने अन्तिम तयारी गरिरहेको समाचार स्रोतको दावी छ । शाक्यले पनि एक पछि अर्को गल्ती र कमजोरी गर्दै गरेर वाताबरण बनाउर्दै लगेका कारण बुढाथोकि समुह सफल त होला तर, केयूकेएललाई पनि निचोरेको कागति बनाउने कुरामा दुविधा छैन । यसका पर्दा पछाडिका पात्रहरुको विवरण क्रमशः सार्वनजिक हुने नै छन ।








































