वि.सं.२०८३ वैशाख १८ शुक्रवार

कोभिडका बाबजुद २०७७ साललाई निरर्थक हुन दिएनौं: प्रधानमन्त्री

khanepani

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७८ को सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिएका छन् । टेलिभिजनबाट प्रत्यक्ष सम्वोधन गर्दै उनले कोभिड-१९ ले पूर्णरुपमा प्रभावित बनाए पनि २०७७ साललाई निरर्थक हुन नदिइएको दावी गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘हामीले कोभिड १९ को प्रतिकुल अवस्थामा पनि हामीले धेरै महत्वपूर्ण उपलब्धी हासिल गरेका छौं । यसलाई असफल होइन, सफल वर्ष नै मान्नुपर्छ ।’

उनले हिंसाको बाटो लिइरहेको समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा फर्काइएको, मेलम्चीलाई काठमाडौंवासीका धारामा पुर्‍याइएको लगायत कुराहरुलाई सरकारको सफलताको रुपमा चर्चा गरे ।

सरकारले सही नीतिहरुको अवलम्बनबाट कोभिड १९ को क्षति न्यूनीकरण गर्न सफल भएको पनि उनले बताए ।

ranechhap