वि.सं.२०८३ वैशाख १८ शुक्रवार

दोलखामा २२ यात्रु बोकेको जिप दुर्घटना हुँदा चारको मृत्यु, १५ जना घाइते

khanepani

दोलखा । दोलखामा यात्रुबहाक जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। १५ जना घाइते छन्।

प्रदेश ३-०१-०२३-त-७५८० नम्बरको जिप सिन्धुपाल्चोकबाट दोलखाको विगु गाउँपालिका जाँदै सोमबार राति दुर्घटनामा परेको हो।

दुर्घटनामा परेका दुई जना घाइते चरिकोट अस्पतालमा उपचारपछि घर फर्केका छन्। १० महिनाको एक बालक पनि घाइते छन्। उनलाई परिवारको जिम्मा लगाइएको छ।

जिपमा २२ यात्रु सवार थिए।

जिप अनियन्त्रित भएर दुर्घटना हुँदा घटनास्थलमै तीन जना र उपचारका क्रममा: एक गरी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताए।

उनकाअनुसार २४ वर्षकी चण्डिका थापा, ४५ वर्षकी अजिता खत्री, ५२ वर्षकी राधा खड्का, ३५ वर्षका मिलन केसीको मृत्यु भएको छ। उनीहरू दोलखाको विगु गाउँपालिका वडा नम्बर ३ का हुन्।

१५ जना घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको उनले जानकारी दिए।

ranechhap